मध्य–पहाडी लोकमार्ग केन्द्रीत अभियान : माओवादी केन्द्रले कहाँ कहिले गर्दैछ जनसभा र जनसंबाद ?




फाईल तस्बिर
काठमाडौं,२६ वैशाख । नेकपा (माओवादी केन्द्र) ले आगामी जेठ २ गतेदेखि सुरु हुने मध्य–पहाडी लोकमार्ग केन्द्रीत जागरण अभियानको कार्यतालिका सार्वजनिक गरेको छ ।

सार्बजनिक कार्यतालिकाअनुसार आगामी १ गते बेलुका डडेलधुरामा २ गते बैतडीको पाटनमा जनसभा र डोटीको दिपायलमा जनसंवाद कार्यक्रम राखिएको छ ।

त्यसैगरी, जेठको ३ गते अछामको मङ्गलसेनमा जनसंवाद, ४ गते दैलेखको सदरमुकाम दुल्लुमा र ५ गते, जाजरकोट खलङ्गा जनसंवाद कार्यक्रम तय भएको छ । ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद, ७ गते पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थबाङमा जनसभा,८ गते बागलुङ जनसंवाद,९ गते पर्वत कुस्मा जनसंवाद र १० गते कास्कीको पोखरामा जनसभा तय भएको हो ।

माओवादी केन्द्रले यसअघि एक महिने लामो हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान सञ्चालन गरेको थियो । सो क्रममा लाखौं जनतासँग प्रत्यक्ष संवाद गरिएको र उनीहरुको समस्या सुनेको माओवादीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्