कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीको सपथ आज,दुई मन्त्री नियुक्त गरिने
काठमाडौं।कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदैंछन।
कांग्रेसबाट विद्रोह गरेका ८ सांसद र एमालेको ३९ सांसदको समर्थनमा कार्की शनिवार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आजै एमालेबाट रामबहादुर राना र कांग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
शनिबार नै एमालेसँग भएको छलफलमा १र१ जना मन्त्री बनाउने सहमति भएको बताईएको छ । मुख्यमन्त्री नियुक्त भएपछि हिंजै काठमाडौं आएका कार्कीले शनिबार कांग्रेस नेता शेखर कोइराला र आईतवार बिहान नेकपा एमाले अध्यक्ष केपी ओलीसंग भेटवार्ता गरेका थिए।