आज राष्ट्रिय शोक, राष्ट्रिय झन्डा आधा झुकाइने



काठमाडौं।आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झन्डा आधा झुकाईने भएको छ।

इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतङ्कवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि उनीहरुको सम्झनामा सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने घोषणा सोमबार गरेको थियो।

सोमबार बसेको मन्त्रिपरिषद्ले आतङ्कवादी समूहको आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्