इजरायलमा मारिएका नेपाली विद्यार्थीको परिवारलाई सरकारले १० लाख दिने
काठमाडौं।सरकारले इजरायलमा मारिएका नेपालीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ ।

प्यालिस्टाइनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको परिवारलाई उक्त रकम दिने निर्णय गरेको हो।परिवारलाई राहतस्वरुप १० लाख रुपैँया उपलब्ध गराउने निर्णय गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
मंगलबार राष्ट्रिय शोकको घोषणा गर्दै सरकारले यथाशीघ्र स्वदेश ल्याउन पहल गर्ने उनलेे बताइन् ।
उता,यसअघि नै सूदुरपश्चिम सरकारले इजरायलमा मृत्यु भएका ब्यक्तिका परिबारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको थियो।