इजरायल आक्रमणमा १० नेपालीको मृत्यु भएको पुष्टि
काठमाडौं।इजरायलमाथि प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको छ ।
आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको टिपोट परराष्ट्र मन्त्रालयले तयार पारेको छ । तर औपचारिक जानकारी बाहिर भने परराष्ट्र मन्त्रालयले ल्याएको छैन ।
इजरायलमा अध्ययनका लागि गएका विद्यार्थीहरू आक्रमणमा परेका थिए । आक्रमणमा परेका विद्यार्थीहरूले टिपाएको नामावलीमा १० जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । एक जना सम्पर्कवीहिन छन्।