कुनै डिक्टेटर र सैनिकले शासन गरेभन्दा बढी मनपरि बर्तमान सरकार गरिरहेको छ: पूर्बन्यायाधीस केसी



काठमाडौं।सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले कुनै डिक्टेटर र सैनिक शासनमा हुने भन्दा मनपरि बर्तमान सरकारले गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

हत्यारा पुष्टि भएका रिगल भनिने योगराज ढकाललाई कैद सजाय मिनाहा गरेको उदाहरण दिँदै उनले शुक्रवार काठमाडौंमा बोल्दै उनले नेपालमा निर्वाचित सरकारलाई अपदस्थ गरेर सैनिकहरूले शासन चलाएको देशमा भन्दा पनि मनपरी गर्ने काम शासकहरूबाटै भएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

पूर्वन्यायाधीश केसीले संविधान, कानूनको पालना गराउने काम खड्किएको बताउँदै त्यस्तो अवस्था अन्त्य गर्न कानूनव्यवसायीहरूलाई आग्रह गरे।

केसीले भने, ‘नेपालमा शासन, सुशासन, संवैधानिक कानून पालना खड्किएको छ। यति बदमासी कहीँ पनि हुँदैन। एउटा डिक्टेटर र सेनाले राज्य गरेको देशमा हुनेजस्तै मनपरी भइरहेको छ। सरकारले हत्यारालाई सरकारले माफी दियो भन्दै एक महिला सर्वोच्च अदालत गुहार्न आउनुभयो। त्यो किन हुनगयो ? सरकार गतिछाडा भयो।’

कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता एवं नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले सरकार र राजनीतिक दलहरू आफैँले संविधान मिच्ने काम गरिरहेको आरोप लगाए। उनले स्वतन्त्र र सक्षम न्यायालयका लागि कानूनव्यवसायीहरूले खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याए।

वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, ‘लोकतन्त्रको रक्षा, मानवअधिकारको रक्षा, संवैधानिक शासन, विधिको शासन कायम राख्न तपाईं हामी लाग्नुपर्छ।’

श्रेष्ठले न्यायालयमा विधिको शासन, कानूनी राज्यको स्थापना गराउने काम कानूनव्यवसायीको रहेको पनि दोहोर्‍याए।

प्रतिक्रिया दिनुहोस्