रिगलविरुद्धको रिटको पेशी असोज २५ मा,कुनै पक्षको अनुरोधमा स्थगित नहुने



काठमाडौं । सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकाललाई कैद माफी दिने राष्ट्रपतिको निर्णयविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश गरेको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै पूर्ण इजलासमा सुनुवाइ हुने गरी आगामी २५ गतेको पेसी तोकेको हो ।इजलासले मुद्दामा अग्राधिकार प्रदान गर्दै रिटकर्ता भारती शेर्पाका परिवारलाई सुरक्षा दिन नेपाल सरकार, गृह मन्त्रालयका नाममा आदेश गरेको छ ।

यस्तै, यही असोज २४ भित्र राष्ट्रपतिबाट असोज ३ मा भएको निर्णय र त्यसअघि भएको निर्णयसहितको सक्कल फाइल जहाँ छ, त्यहीँबाट महान्यायाधिवक्ता कार्यालयमार्फत झिकाउन पनि आदेश भएको छ।त्यसबाहेक रिगलका विषयमा सर्वोच्च अदालतबाट भएको फैसला समेत राख्न आदेश गर्दै महान्यायाधिवक्ता स्वयंलाई बहसमा उपस्थित हुन पनि आदेश भएको छ । आदेशमा कुनै पनि पक्षको अनुरोधमा पेसी स्थगित नहुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्