फेरि पक्राउ पर्यो दोलखाबाट थप चार किलो सुन
काठमाडौँ । दोलखाबाट प्रहरीले थप ४ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१ स्थित लामा बगरबाट थप ४ किलो सुन बरामद गरिएको दोलखाका डिएसपी दिपक खड्काले बताए ।

यसअघि प्रहरीले दुई पटकमा ७ किलो सुन बरामद गरेको थियो । सुन प्रकरणमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिगु–१ घर भएका राज तामाङ, २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ र च्याङ्बा भन्ने चसमान तामाङ छन् ।
उनीहरु बिरुद्ध प्रहरीले भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० बिरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । तिब्बत र दोलखाको सिमाना फलेक हुँदै सो सुन ल्याएको अनुसन्धानबाट थाहा भएको डिएसपी खड्काले जानकारी दिए ।file foto