कृषि ज्ञान केन्द्र सोलुखुम्बुले सार्बजनिक गर्यो बार्षिक कार्यक्रम, वास्तविक किसानले अनुदान पाउनुपर्नेमा बक्ताहरुको जोड
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।कृषि अनुदान वास्तविक किसानहरुसम्म नपुगेको गुनासो बढी रहेका बेला कृषि ज्ञान केन्द्र सोलुखुम्बुद्वारा आयोजित एक कार्यक्रमका बक्ताहरुले कृषि अनुदान बितरण गर्दा सचेतता अपनाउनु आवश्यक रहेकोमा जोड दिएका छन्।

कृषि ज्ञान केन्द्रद्वारा सदरमुकाम सल्लेरीमा शुक्रबार आयोजितअघिल्लो आर्थिक वर्षको कार्यक्रमहरुको समिक्षा तथा चालु आर्थिक वर्षका कार्यक्रम सार्वजनिक कार्यक्रमका बक्ताहरुले त्यस्तो आग्रह गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्द जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले वास्तविक किसान अनुदानबाट अझै बाहिर रहेको दाबी गर्दै अनुदानलाई व्यवस्थित र उपलब्धिमुलक बनाउन किसान छनौटमा ध्यानुको विकल्प नरहेको धारणा व्यक्त गरेका थिए।
ज्ञान केन्द्र सोलुखुम्बुले डेढ करोड भन्दा बढी रकमको वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेको सो कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धी माया तामाङ,नेचासल्यान गाउँपालिका उपाध्यक्ष बिना राई,माप्यदधुकोशी गाउँपालिका उपाध्यक्ष गौरव राई,थुलुङ दुधकोशी गाउँपालिका उपाध्यक्ष सविता राई,प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई लगायतलेअनुदान दिदा फिल्ड भिजिट आवश्यक रहेकोमा जोड दिँदै छनौटमा दल तथा माथिल्लो ओहोदामा रहेका व्यक्तिहरुबाट दबाव सृजना गर्न नहुने धारणा व्यक्त गरेका थिए।
केन्द्रले चालु आर्थिक वर्षका लागि लागि१ करोड ६१ लाख ३७ हजार बराबरको वार्षिक कार्यक्रम सार्वजनिक गरेको जानकारी कार्यक्रममा गराईएको थियो।स्वीकृत कार्यक्रमहरुमा ४० लाखको मुख्य लक्षित च्याउ, मह, तरकारी उत्पादन कार्यक्रम, २५ लाख बराबरको मुख्य सडक लक्षित तरकारी उत्पादन कार्यक्रम, २५ लाखकै प्रोटेक्टेड हर्टिकल्चर कार्यक्रम, १५ लाखको व्यवसायकि फलफुल बगैँचा स्थापना कार्यक्रम, ३ लाखको रैथाले बाली उत्पादन प्रबर्द्धन कार्यक्रम रहेको छ ।
यस्तै मागमा आधारित कृषि कार्यक्रममा १० लाख, महिला, दलित, विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रममा ८ लाख, सुन्तलाजात बगैंचा व्यवस्थापन एवं सुदृढिकरण कार्यक्रममा ५ लाख, जैबिक बिषादी उत्पादन प्रर्बद्धनमा ३ लाख लगायतको कार्यक्रम स्वीकृत भएको केन्द्रका नमित्त प्रमुख दुर्गा बहादुर तिरुवाले जानकारी दिए।

