तामाङ घेदुङ संघ थुलुदुधकोशीको अध्यक्षमा आसमान तामाङ



सोलुखुम्बु।नेपाल तामाङ घेदुङ संघ थुलुङ दुधकोशी गाउँपालिका समितिको अध्यक्षमा आसमान तामााङ निर्वाचित हुनुभएको छ । शनिबार थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा सम्पन्न एक कार्यक्रमका बीच अध्यक्षमा आसमान सहित ११ जनाको कार्यसमिति चयन गरेको आयोजकले जनाएको छ ।

संघको उपाध्यक्षमा सन्तबीर तामाङ, महिला उपाध्यक्षमा जिदुमाया तामाङ,सचिवमा भलाकाजी तामाङ र कोषाध्यक्षमा कविता तामाङ निर्विरोध निर्वाचित हुनुभएको जिल्ला सचिव बिजय तामाङले जानकारी दिनुभयो । तामाङ जातिको पहिचान,धर्म,संस्कार र संस्कृति संरक्षणमा उक्त संस्थाले विशेष काम गर्ने नवनिर्वाति अध्यक्ष तामाङले बताउनुभयो ।

नेपाल तामाङ घेदुङ संघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शारदामाया तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सोलुखुम्बु जिल्ला अध्यक्ष धर्मबहादुर तामाङ, बरिष्ठ उपाध्यक्ष कुसाङ तामाङ, सचिव बिजय तामाङ र कोषाध्यक्ष नेमी तामाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्