‘गान्धारा: अनवाइन्डिङ ए हिस्ट्री ट्रेजर ट्रभ’ बिषयक गोष्ठी सम्पन्न
काठमाडौं।नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बुद्ध सम्पदाको क्षेत्रमा पाकिस्तानको सहयोग र चासोको अवस्मरणीय रहेको बताएका छन्।
पाकिस्तानी राजदूतावासद्वारा काठमाडौंमा आयोजना गरेको ‘गान्धारा: अनवाइन्डिङ ए हिस्ट्री ट्रेजर ट्रभ’ बिषयक गोष्ठीलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै पाकिस्तान भ्रमणको आफ्नो व्यक्तिगत अनुभवको स्मरण गर्दै नेपाल–पाकिस्तान मैत्री सम्बन्धको गहिराइबारे चर्चा गरेका थिए।
पाकिस्तानको समृद्ध बौद्ध सम्पदा र नेपालसँगको ऐतिहासिक सम्बन्धबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको सो गोष्ठीमा बुद्धिजीवी, बौद्ध भिक्षु, टुर अपरेटरहरु र नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
पाकिस्तानको पञ्जाब र केपीके प्रान्तको मैदानी र उपत्यकामा देखिएका प्राचीन गान्धारा सभ्यताको संरचना र अवशेषहरूको रूपमा ऐतिहासिक खजानाहरू प्रचार र ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक स्मारकहरू र चमत्कारहरू खोज्नेहरूलाई प्रोत्साहित गर्नको लागि आयोजना गरिएको सो कार्यक्रमका वक्ताहरूले बौद्ध पालना तक्षशिला र तख्त-ए-बहीको तीर्थयात्रा, विश्वभर बुद्ध धर्ममा गान्धाराको बौद्धिक योगदान, “इतिहासको संरक्षण – सद्भाव प्रवर्द्धन” र “गान्धारा व्यवहारिकता र कार्यक्षमताको भ्रमण” बारे आफ्नो धारणा व्यक्त गरेका थिए।ऊनीहरूले समृद्ध इतिहास र विभिन्न विश्वासहरूबीच सद्भाव प्रवर्द्धन र संरक्षण गर्न पाकिस्तान सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका थिए। गान्धारा पर्यटनको व्यवहारिता र कार्यक्षमता पनि छलफलको केन्द्रबिन्दु रहेको थियो।
नेपालका लागि पाकिस्तानका राजदूत अबरार हाश्मीले कार्यक्रममा नेपाल र पाकिस्तानबीचको ऐतिहासिक बौद्ध सम्बन्धको स्मरण गर्दै गान्धारामा रहेको सम्भाव्यतालाई बहुमुखी प्रक्षेपण प्रदान गर्नु कार्यक्रमको उद्देश्य रहेको बताएका थिए । नेपाल र पाकिस्तानबीच बौद्ध पर्यटकीय मार्गको विकासका लागि चासो मात्र नभई छलफलका साथै व्यवहारिक विकल्प खोज्नुपर्नेमा उनको जोड थियो।