कांग्रेस सभापति देउवा’विचरा’ भन्नुपर्ने अवस्थामा पुगेको एमाले अध्यक्ष ओलीको टिप्पणी



ओखलढुंगा।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा विचरा भन्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन्।

आइतबार ओखलढुङ्गाको रामपुरमा गुरु लुइँटेल स्मृति पार्कको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सो टिप्पणी गरेका हुन।नौ महिनामा सरकारले एउटा सिन्को पनि भाँच्न नसकेको बताउंदै उनले सबैभन्दा ठूलो दलको हैसियतमा रहेको नेपाली कांग्रेसले सत्ताको नेतृत्व गर्न डराएको बताए।

कांग्रेस सभापति शेरबहादुर देउवा आज प्रचण्डका कार्यकर्ता भएर पछाडि-पछाडि हिँडिरहेको उनको भनाई थियो। ‘दिनको क्विन्टलका दरले सरकारले सुन तस्करी गर्छ, कांग्रेस अर्कातिर फर्केर ‘देखेको नदेखै गर्छ’ उनले भने ।बर्तमान सरकार नालायक भएको टिप्पणी गर्दै ओलिले यसलाई जसरी पनि ढाल्नुपर्ने बताए।file foto

प्रतिक्रिया दिनुहोस्