राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक
काठमाडौं। नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको जनाएको छ।
सो सिक्का १० ग्राम र २५ ग्रामका दुई किसिमका रहेका छन्। उक्क्त सिक्का आइतबारदेखि बिक्री टकमरी गरी बिक्री गर्न लागेको हो।१० ग्राम तौल भएको सिक्काको १ हजार ६ सय रुपैयाँ र २५ ग्रामको ४ हजार रुपैयाँ पर्ने महाशाखाले जनाएको छ। दुवै सिक्कामा ९९९ को टचको चाँदी प्रयोग गरिएको छ।
बैंक सञ्चालक समितिको गत जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिइएको थियो।