ओखलढुंगा : सुनकोशी गाउँपालिका-१० का वडाध्यक्ष धमला फरार



ओखलढुंगा।ओखलढुंगाको सुनकोशी गाउँपालिका १० का वडा अध्यक्ष छविरमण धमला फरार भएका छन्।

जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत ओखलढुंगाले पक्राउ पुर्जी जारी गरेसंगै धमला फरार भएका हुन्। वडा अध्यक्ष धमलाले आफुलाई जबरजस्ती करणी गरेको भन्दै एक २५ वर्षीया युवतीले शुक्रबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा मुद्वा दर्ता गरेकी थिइन।

महिलाको उजुरीको आधारमा असोज ७ गते आइतबार ओखलढुंगा जिल्ला अदालतबाट वडाध्यक्ष धमलालाई पक्राउ गर्ने आदेश भएको प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए।घटना जिल्ला सदरमुकाम ओखलढुंगामा भएको युवतीको आरोप छ।

प्रतिक्रिया दिनुहोस्