थुलुङ दुधकोशीको देउसामा बर्थिङ सेन्टर शिलान्यास र खानेपानी आयोजनाको उद्घाटन सम्पन्न



सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसामा बर्थिङ सेन्टरको शिलान्यास र खानेपानी आयोजनाको उद्घाटन गरिएको छ।

गाउँपालिका अध्यक्ष असिम राई र उपाध्यक्ष सबिता राईले छुट्टाछुट्टै कार्यक्रममा सोमबार ती दुई योजनाको संयुक्त रुपमा शिलान्यास तथा उद्घाटन गर्नुभएको हो।

गाउँपालिकाको ३५ लाख लागतमा निर्माण हुने भवनको निर्माण स्वास्थ्य व्यवस्थापन समितिले १ महिनाभित्र सम्पन्न गर्ने गरि शिलान्यास गरिएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो।

उता, गाउँपालिकाको वडा नं- ७ झरेनी, साउने, रोक्ती खोस्का बुढिडाँडाका नागरिकहरु लाभान्बित हुने गरी निर्माण सम्पन्न गरिएको घुम्नेपानी घुर्मिसे खानेपानी आयोजनाको पनि आजै उद्धघाटन गरिएको हो।

खानेपानी कार्यालयबाट विनियोजित १३ लाख रकमबाट निर्माण गरिएको आयोजनाबाट हाल १२५ घरधुरी लाभान्बित भएका छन । १४ हजार लिटरको रिजर्भ ट्यांकी बनाई अहिले अस्थायी रुपमा पुगेको पानीलाई व्यवस्थित गरी विस्तार गरिने खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुवास बस्नेतले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्