गाउँपालिकामा ‘ग्रेटर नेपाल’ को नक्सा राख्ने थुलुङ दुधकोशी अध्यक्ष राईको घोषणा



काठमाडौं।भारतले नेपालको भूभाग समेत समेटेर अखण्ड भारतको भित्ते नक्सा आफ्नो नयाँ संसद भवनमा राखेको छ।कपिलवस्तु,लुम्बिनी र बिराटनगर क्षेत्रलाई ‘अखण्ड भारत’ भित्र अटाएको सार्बजनिक भएको झण्डै हप्तादिन बित्न लाग्दा समेत नेपाल सरकार र प्रमुख कुनै राजनीतिक दलका नेताहरुले औपचारिक प्रतिक्रिया जनाएका छैनन्।

सरकार र राजनीतिक दलहरूको यो मौनताप्रति सर्बत्र आश्चर्य व्यक्त भइ रहेका बेला सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राइले भने आफ्नो गाउँपालिकामा ‘ग्रेटर नेपाल’ को नक्सा राख्ने घोषणा गरेका छन्।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक समेत रहेका राईले गरेको घोषणा ‘अखण्ड भारत’ को नक्सातिर लक्षित रहेको बुझ्न कठिन छैन।भारतीय शासकबर्गको हेपाह र मिचाह प्रवृत्तिबिरुद्ध नेतृत्वले खरो उत्रन नसकेकै कारण नेपालीहरुको स्वाभिमानमाथि गम्भीर आँच आईरहेका बेला कुटनैतिक दबाबकै लागि भएपनि राईले चालेको यो कदम नेपाली राष्ट्रियता र स्वाभिमानका लागि अनुकरणीय भएको बुद्धिजीवीहरुको भनाइ छ।

‘ग्रेटर नेपाल’को क्षेत्रफल २ लाख ४ हजार ९ सय १७ वर्ग किलोमिटर थियो।भारत कब्जा गरेर बसेका बृटिश शासकहरुसंग सन् १८१६ मा भएको सुगौली सन्धि पछि पूर्बको टिष्टा र पश्चिमको कांगडाबाट खुम्चिएर नेपाल पूर्बमा मेची र पश्चिममा महाकालीसम्म आईपुगेको हो।त्यतिबेला नेपालले ६० हजार बर्ग किलोमीटर भूभाग गुमाएको जानकारहरुको भनाई छ।

प्रतिक्रिया दिनुहोस्