रौतहट जिल्लामा ‘खाेज र खाेप’ अभियान सञ्चालन
प्रेमचन्द्र झा,राैतहट ।रौतहट जिल्लामा ‘खाेज र खाेप’ अभियानले तिब्रता पाएको छ। अषाढ मसान्तसम्म राैतहटलाई पुर्ण खोप जिल्लाको रुपमा घाेषणा गराउने उद्देश्यका साथ ‘खाेज र खाैप’ अभियान चलिरहेको हाे । नेपाल सरकारकाे पहिलो प्राथमिकतामा रहेको खाेप कार्यक्रम संचालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ ।
स्थानीय तहकाे व्यवस्थापनमा प्रत्येक वडाका ४ देखि ५ स्थानमा गाउँ घर खाेप क्लिनिक संचालन भई रहेका छन।ती खोप केन्द्रमा वेलैमा खोप लिन छुटेका १६ महिना देखि ५९ महिना उमेर समुहको वालवालिकालाई खोप दिइने जनाइएको छ।
जिल्ला स्वास्थ्य कार्यालय राैतहटका प्रमुख सुरेन्द्र प्रसाद यादवले वताए। जसका लागि स्थानिय तहले सुलभ सर्वेक्षण लगायत कार्यक्रम समेत संचालनमा ल्याएको प्रमुख यादवले बताए । नियमित खोपको अलावा याे अभियान भएको हाे । पुर्ण खाेप सुनिश्चितता बाैधीमाई ,देवाही गोनाही ,पराेहा ,माधवनारायण, गरुडा चन्द्रपुर ,फतुबा बिजयपुर र गाैर नगरपालिका रहेका छन ।
खाेज र खाेप अभियानमा जिल्लाका सबै वालवालिकाले खाेप लगाई सकेसकेको प्रमाणित भएपछि मात्र राैतहट पुर्ण खाेप घोषणा हुने प्रमुख यादवले बताए ।