बित्तीय कर्मचारी मञ्च सोलुखुम्बुको तेस्रो अधिबेशन सम्पन्न, ११ सदस्यीय नयाँ कार्यसमिति चयन



सोलुखुम्बु । बित्तीय कर्मचारी मञ्च सोलुखुम्बुको अध्यक्षमा खगेन्द्र वन सर्वसम्मत चयन हुनुभएको छ ।सदरमुकाम सल्लेरीमा सम्पन्न तेस्रो अधिवेशनले खगेन्द्र वन अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

अधिवेशनले वनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।कार्यसमितिको उपाध्यक्षमा सागर श्रेष्ठ, सचिवमा गोपाल धमला, कोषाध्यक्षमा पुष्पराज श्रेष्ठ, सहसचिवमा प्रेमकुमार राई, प्रवक्तामा दिनेश धमलाका साथै सदस्यहरुमा तारा राई, सत्य नारायण शाह, गुल्फम अन्सारी, सुष्मिता बास्तोला र कुमार गुरुङ चयन हुनुभएको मञ्चले जनाएको छ।

वित्तिय कर्मचारी मञ्च सोलुखुम्बुका अध्यक्ष गोविन्द बास्तोला र सदस्यद्धय खिमकुमार राई र पेमा छिरीङ तामाङ लगायतको उपस्थितिमा वित्तिय कर्मचारी मञ्च सोलुखुम्बुको कार्यसमिति चयन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्