नयाँ प्रशासनिक भवनबाट थुलुङ दुधकोशीको सेवा सुरु,नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न अध्यक्ष राईको निर्देशन




सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले गुणस्तरीय र सहज सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिनुभएको छ।

गाउँपालिकाको नवनिर्मित सुविधा सम्पन्न प्रशासनिक भवनबाट आइतबार सेवा शुभारम्भ गर्दै अध्यक्ष राईले आम सर्वसाधरण नागरिकलाई केन्द्रमा राखेर सहज तथा सरल ढंगले सेवा प्रवाह संगै गुणस्तरमा कन्ज्युस्याँइ नगर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिनुभएको हो ।

नागरिकको नजिकको स्थानीय सरकारप्रति आम नागरिकको आशा र विश्वास बढी नै भएकाले सोही अनुसार कार्यसम्पादन गर्नुपर्ने अध्यक्ष राईको भनाई थियो। कुनैपनि प्रकारको भेदभाव तथा पुर्वाग्रही ढंगले काम गरेको पाइएमा माफी दिन नसकिने अध्यक्ष राईले चेतावनी समेत दिनुभयो ।

गाउँपालिका केन्द्र मुक्लीमा नवनिर्मित भवनबाट आज (आइतबार)बाट सेवा सुरु भएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । कुँवर डेप्लोपर्स एण्ड विल्डर प्रा.लि.ले २०७८ साउन २८ गते ३ करोड ४५ लाख २८ हजार ४ सय ६८ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरि जिम्मा लिएको थियो । संघीय सरकारको ६० प्रतिशत र गाउँपालिको ४० प्रतिशत लागत साझेदारीमा भवन निर्माण गरिएको प्रबक्ता कार्कीले बताउँनुभयो ।

उक्त भवनको गत असोज ३ गते संविधान दिवसको दिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्नुभएको थियो । सम्पुर्ण शाखा सहित सेवा आफ्नै सुविधा सम्पन्न भवनबाट सुरु भएपछि स्थानीयवासी खुसी भएका छन् ।
पहिलोपटक स्थानीय सरकार गठन भएपछि जग्गा व्यवस्थापन संगै गाउँपालिकाले अस्थायी संरचना निर्माण गरि सेवा प्रवाह गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्