सिन्धुली बस दुर्घटना : मृत्यु हुने ६ मध्ये तीन जनाको पहिचान खुल्यो, ३० घाईते
सोलुखुम्बु । ओखलढुंगाबाट छुटेको बस सिन्धुलीमा दुर्घटना हुँदा मृत्यु भएका ६ जनामध्ये तीन जनाको पहिचान खुलेको छ।सिन्धुली प्रहरीका अनुसार ओखलढुंगा मानेभञ्ज्याङ-६ का सहचालक देवबहादुर सार्की,ओखलढुंगा सिद्धिचरण नगरपालिका-३ का ३२ बर्षीय पेशल भुजेल र उदयपुरको कटारी नगरपालिका-२ कि कुमारी मगर रहेकी छन।

ओखलढुंगाबाट काठमाण्डौको लागि छुटेको बा २ ख ६५९६ नम्बरको बस सिन्धुलीको फिक्कल गाउँपालिका २ कुईभिरमा दुर्घटना भएको थियो। दुर्घटनामा चालकसहित ३० जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर छ।उद्दार गरिएका घाईतेमध्ये अवस्था हेरि उपचारका लागि काठमाडौं,खुर्कोट र सुनकोसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
बस आफैँ अनियत्रित भई भित्तामा गएर ठोकिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

