नेचासल्यान गाउँपालिकामा शिक्षा योजना निर्माण कार्यशाला सुरु



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाको आयोजना तथा रीड नेपालको प्राविधिक सहयोग तथा सहकार्यमा ३ दिने नेचासल्यान गाउपालिकाको ५ वर्षे शिक्षा योजना निर्माण कार्यशाला आजबाट सुरु भएको छ।

कार्यशालाको गाउँपालिकाका अध्यक्ष धनजन राईले उद्घाटन गर्नुभएको । कार्यक्रममा बोल्दै अध्यक्ष राईले पालिका आफैले निर्माण गर्नुपर्ने भपनि जनशक्ति अभावका कारण अहिलेसम्म निर्माण नभएको बताउँंदैं शिक्षा योजना निर्माणमा रीड नेपालले प्राविधिक तथा आर्थिक सहयोग गरेकोमा रीड नेपाललाई धन्यवाद ज्ञापन गर्नुभयो।वहाँले कार्यशालामा सहभागी सबैलाई सक्रिय रुपमा सहभागिता जनाउन अनुरोध गर्नुभयो।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष विना राईले शिक्षा विकासको मेरुदण्ड भएकोले शिक्षा योजना निर्माण महत्वपूर्ण रहेको बताउनुभयो योजना निर्माणले पालिकाको शैक्षिक उन्नति हुने विश्वास वहाँले व्यक्त गर्नुभयो।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले रीड नेपालको मुख्य उद्देश्य सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार रहेकोले पालिकाको शिक्षा योजना निर्माण शैक्षिक सुधारको महत्त्वपूर्ण आधार हुने भएकोले योजना निर्माणमा पालिकालाई सहयोग गरेको बताउनभयो। साथै वर्तमान शैक्षिक अवस्थालाई पहिचान गरी शिक्षा क्षेत्रका समस्या तथा कारण पत्ता लगाई आगामी ५ वर्षभित्र पालिकाको शैक्षिक अवस्थालाई कहा पुर्याउने भन्ने कार्यशालाबाट तय हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, शिक्षा समिति सदस्य, विद्यालयका प्रधानाध्यापक,शिक्षाप्रेमी,विद्यालय ब्यबस्थापन समिति, बालक्लब प्रतिनिधि, पालिकाका शाखा प्रमुख तथा स्थानीय स्रोत शिक्षकहरु गरी ४० जनाको सहभागिता रहेको छ कार्यक्रमको सहजीकरण शिक्षा मन्त्रालयका पूर्व सहसचिव नीरा शाक्य लगायत रीड नेपालका प्रशिक्षकहरुले गरिरहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्