प्रशान्ति एकेडेमीले बिबिध कार्यक्रम गरी मनायो नारी दिवस



काठमाडौं।वुढानिलकण्ठ-१२ कपनमा रहेको प्रशान्ति एकेडेमीले ११३ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा उत्सव तथा विविध कार्यक्रम सम्पन्न गरेको छ।फागुन २४ गते वुधवार विद्यालयको प्रागंणमा आयोजित एक कार्यक्रमकाबीच प्रशान्तिले आफ्ना महिला अभिभावक, आगन्तुक र शुभचिन्तकहरुको उपस्थितिमा सो नयॉ कार्यक्रम सम्पन्न गरेको हो।

नेपाली काँग्रेसकी महिला नेतृ एन्जिला न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वुनपा-९ का वडा अध्यक्ष सुमित्रा त्रिपाठी, वुनपा सामाजिक विकास समिति संयोजक शान्ता ढकाल,परिवर्तन खबरका प्रधान सम्पादक ध्रुब घिमिरे,कपन अनलाईनका प्रधान सम्पादक पुण्य पुडासैनी, धनबहादुर पुलामी, सुमन दाहाल लगायतको उपस्थिति रहेको थियो।

सघीय सांसद रेणुकुमारी बलम्पाकी मगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमकै अवसरमा प्रशान्ति खाद्य उत्सवको चौथो संस्करण २०७९ , साँस्कृतिक प्रस्तुति, बिज्ञान प्रदर्शनीसमेत आयोजना गरेको थियो।उल्लेख्य मात्रामा महिला अभिभावकहरुको सहभागीता रहेको सो कार्यक्रम सफल बनाउन सक्रिय प्रोग्राम विभाग टिम र बिधालयका शिक्षक शिक्षिका अभिभावकहरु,बिद्यार्थी, स्कुल कर्मचारि र कार्यक्रममा सहकार्य गरि ७ प्रदेशको खाना परिकारको सेवा दिने मौलिक भान्छा घर संचालक र व्याबस्थापक टिमलाइ प्रशान्ति एकेडेमीका प्रिन्सिपल समिर वास्तोलाले हार्दिक धन्यबाद प्रकट गरे।

विद्यालयका अध्यक्ष मुरारी भण्डारीले शुभकामना मन्तव्य दिंदै सम्पुर्ण अतिथि तथा आमन्त्रितलाई धन्यवाद ज्ञापन गरे।
११३ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रदर्शनीहरु प्रस्तुत गर्नुका साथै प्रमुख अतिथि लगायत आगन्तुकहरुले बिज्ञान प्रदर्शनी को अवलोकन पनि गरेका थिए।

प्रतिक्रिया दिनुहोस्