दियालो साहित्य सरगम र मित्रलाल शर्मा स्मृति पुस्तकालयद्वारा नेचासल्यानमा लोकनृत्य तथा कविता बाचन प्रतियोगिता आयोजना
सोलुखुम्बु।दियालो साहित्य सरगम र मित्रलाल शर्मा स्मृति पुस्तकालयद्वारा आयोजित लाेकनृत्य प्रतियोगिता नेचासल्यानमा सम्पन्न भएको छ।

नेचासल्यान गाउँपालिकाकाे आर्थिक सहयोगमा श्री केदार माध्यमिक विद्यालयमा आज सुरु लोक नृत्य तथा कविता बाचन प्रतियोगिताको पहिलो दिन सम्पन्न गाउँपालिकास्तरीय अन्तर विद्यालय (कक्षा ७-१२) लाेक नृत्य प्रतियोगितामा नृत्य तर्फ
श्री केदार मावि प्रथम,श्री महेन्द्राेदय मावि द्वितीय,श्री हिमाल दर्शन मावि तृतीय,काेरियाेग्राफी तर्फ उत्कृष्ट,श्री विपि मावि,पाेशाक तर्फ उत्कृष्ट श्री गणेस्थान मावि रहेको आयोजकले जनाएको छ।
नेचासल्यान गाउँपालिकाका अध्यक्ष श्री धनजन राई ज्यूकाे प्रमुख आतिथ्यता तथा सहित्यकार तथा सिस्नाेपानी नेपालका उपाध्यक्ष धिरेन्द्र प्रेमर्षीकाे विशेष आतिथ्यतामा आजै सुरु भएको लोकनृत्य तथा कविता बाचन प्रतियोगितामा शान्ति शर्मा (अध्यक्ष- दियालो साहित्य सरगम), सुप्रसिद्ध गायिका लाेचन भट्टराई, कवि शिव घिमिरे, रूपा झा (मैथिली गायिका), गणेश प्रसाद खतिवडा (छन्द कवि तथा दियालो साहित्य सरगमका उपाध्यक्ष), काेपिला घिमिरे (सदस्य- दियालो साहित्य सरगम), मित्रलाल शर्मा स्मृति पुस्तकालयका संरक्षक ईन्द्र कुमारी शर्मा लगायत शिक्षक, अभिभावक र विद्यार्थीहरूकाे उपस्थितिमा रहेको थियो ।
कार्यक्रम श्री केदार माविका प्रधानाध्यापक श्री एकराज शर्माकाे सभापतित्वमा सम्पन्न भएको बताईएको छ।कार्यक्रमको दोश्रो दिन बिहिवार अन्तर मावि स्तरीय (कक्षा ९-१२) खुला कविता प्रतियोगिता हुने आयोजकको भनाई छ।

