एमालेको ‘ग्रासरुट अभियान’ : सोलुदुधकुण्डको कुन वडामा कहिले हुंदैछ कार्यक्रम ? (वडा इन्चार्ज र अध्यक्षको नामावली सहित)
सोलुखुम्बु ।नेकपा एमालेले सोलुदुधकुण्ड नगरपालिकामा ‘मिसन ग्रासरुट’अभियान अन्तर्गत ‘पार्टी सुदृढीकरण तथा संगठन बिस्तार अभियान’ कार्यक्रम सम्पन्न गरेको छ।

केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि नरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले अभियान अन्तर्गत नगरपालिकाका लागि कार्ययोजना निर्माण गर्दै ११ वटै वडाका लागि इन्चार्ज र अध्यक्षहरुको चयन गरेको नेकपा एमाले सोलुदुधकुण्ड नगर कमिटीका इन्चार्ज बीरुदास श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार निर्धारित कार्ययोजना अन्तर्गत फागुन २५ गतेदेखि चैत १५ गतेसम्म पार्टी कमिटी गठन,पुनर्गठन,सदस्यता नवीकरण,जनसंगठन गठन,पुनर्गठन ,पार्टी प्रवेश,पार्टी प्रशिक्षण तथा अग्रजहरुलाई सम्मान कार्यक्रम सञ्चालन गरिने छ।जस अनुसार वडा १ को नुनथलामा फागुन २५ गते, वडा नं २ को जुनबेंसीमा ३० गते,वडा नं ३ को तामाखानीमा २७ गते, वडा नं ४ को फाप्लुमा २८ गते,वडा नं ५ को पार्टी कार्यालयमा २९ गते कार्यक्रम सञ्चालन गरिनेछ।यसैगरी,वडा नं ६ को दोर्पुमा ३० गते, वडा नं ७ को वडा कार्यालयमा चैत १ गते,८ नं वडाको वडा कार्यालयमा चैत २ गते,वडा नं ९ को गोरामा चैत ३ गते,१० नं वडाको टाप्टिङमा चैत ४ गते र ११ नं को रमितेमा चैत ५ गतेका लागि कार्यक्रम तय गरिएको श्रेष्ठले जानकारी दिए।
त्यसका लागि वडा नं १ मा तेन्जिङ शेर्पा र अध्यक्षमा छोङ्बा शेर्पा, २ नं मा सोनाम वाङ्छेन शेर्पा इन्चार्ज र अध्यक्षमा लाक्पा शेर्पा, ३ मा मोहन कुमारी कार्की इन्चार्ज र अध्यक्षमा भिम नारायण राजभण्डारी, ४ मा दाडोमा शेर्पा इन्चार्ज र टीकाराम बिक अध्यक्ष तथा ५ मा योगेश श्रेष्ठ इन्चार्ज र कुसाङ तामाङ अध्यक्ष तोकिएको छ। त्यसैगरि, वडा नं ६ मा मिङमार तामाङ इन्चार्ज,बिकास श्रेष्ठ अध्यक्ष,७ मा राजकुमार श्रेष्ठ इन्चार्ज र नगेन्द्र बहादुर खड्का अध्यक्ष,८ मा मानबहादुर कट्वाल इन्चार्ज र पासाङ कट्वाल,९ मा मिनाकुमारी मगर इन्चार्ज र केशव तामाङ अध्यक्ष,१० मा गेलु शेर्पा इन्चार्ज र लाक्पा शेर्पा अध्यक्ष तथा ११ मा अर्जुन कार्की इन्चार्ज र नरबहादुर कट्वाललाई अध्यक्षको जिम्मेवारी दिइएको छ।
नगर कमिटी अध्यक्ष मिङमारछिरी शेर्पाको अध्यक्षतामा जिल्ला पार्टी कार्यालय सल्लेरीमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ग्रासरुट अभियानका केन्द्रिय प्रतिनिधि तथा केन्द्रीय सदस्य श्रेष्ठ,प्रदेश कमिटी उपसचिव सैलेश लामा,प्रदेश कमिटी सदस्य तथा अभियानका प्रदेश प्रतिनिधि पोष्टकुमार कार्की,नेकपा एमाले जिल्ला कमिटी सचिब आशकुमार राई’शिशिर’ लगायतका बक्ताहरुले कार्यक्रमलाई सम्बोधन गर्दै ‘ग्रासरुट अभियान’को उद्देश तथा उपादेयताबारे प्रकाश पारेका थिए।अभियानमा जोडिएर पार्टीलाई जनताको घरघरसम्म पुर्याउनु अहिले एमालेका सबै नेता कार्यकर्ताहरुको दायित्व भएको उनीहरूको भनाई थियो ।

