नेकपा माओवादी केन्द्र सोलुखुम्बुले बोलायो बिस्तारित बैठक, फागुन २७ गते सल्लेरीमा हुने
सोलुखुम्बु।नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुले पार्टीको बिस्तारित बैठक बोलाएको छ।

फागुन २७ गते जिल्ला सदरमुकाम सल्लेरीस्थित जिल्ला समन्वय समितिको हलमा बस्ने बैठकमा संघ,प्रदेश र स्थानीय तह निर्बाचनको समिक्षा र आगामी कार्ययोजना निर्माण लगायतका महत्त्वपूर्ण बिषयमा छलफल गर्ने कार्यसूची रहेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक अशिम राईले जानकारी दिए।
संयोजक राईद्वारा मंगलबार जारी सूचनामा जनाईए अनुसार बिस्तारित बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य,बैकल्पिक केन्द्रीय सदस्य,केन्द्रीय तथा प्रदेश सल्लाहकार सदस्य,ज्येष्ठ कम्युनिस्ट मञ्च केन्द्रीय तथा प्रदेश कमिटी सदस्य,केन्द्रीय बिभागका सदस्य,प्रदेश कमिटी सदस्य,जिल्ला समन्वय समिति सदस्य,काठमाडौ-सोलुखुम्बु सम्पर्क मञ्च तथा गाउँ र नगर कमिटीका पदाधिकारीका साथै वाईसीएल,जनबर्गीय र मोर्चाका केन्द्रिय,प्रदेश तथा जिल्लाका पदाधिकारीहरुको सहभागिता रहनेछ।
संयोजक राईले बैठकमा अनिबार्य उपस्थितिका लागि सम्बन्धित सबैमा आग्रह समेत गरेका छन् ।

