तराईका जिल्लाहरुमा आज होलि पर्व मनाईंदै
काठमाडौं।मुलुकका पहाडी जिल्लाहरुमा मनाईएको भोलिपल्ट आज तराईका जिल्लामाहरुमा रंगहरूको पर्व होली मनाइँदै छ । वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ।
होलीको अवसरमा सरकारले पहाडी जिल्लामा सोमबार पहाडी र तराईका जिल्लाहरूमा आज सार्वजनिक बिदा दिएको छ।(सांकेतिक तस्बिर)

