फौजदारी कसुरमा प्रधानमन्त्री दाहालाई पक्राउ गर्न माग गरिएको रिट दर्ता गर्न सर्बोच्चको आदेश



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

गत कात्तिक २४ गते सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको सो रिट दर्ता गर्न शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले निवेदन दर्ता गर्न आदेश दिएको हो। रामेछापका ज्ञानेन्द्रराज आरण, जितेन्द्रकुमार मोक्तान र विजय श्रेष्ठ लगायतका १८ जनाले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई पक्राउ गर्न माग गरेर रिट निवेदन दिएका थिए।

अध्यक्ष दाहालले २०७६ माघ १ गते खुलामञ्चमा द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्