प्रशान्ति एकेडेमीको स्थानीय सल्लाहकार समिति पुनर्गठन



काठमाडौं।प्रशान्ति एकेडेमी बुनपा- १२ कपनले स्थानीय सल्लाहकार समिति पुनर्गठन गरेको छ।

लेखक साहित्यकार,चार बेदका अनुबादक तिलक लुइँटेलको अध्यक्षतामा पुनर्गठित समितिमा टंक कोईराला ,बुद्दी प्रसाद तिमिल्सिना ,शुभद्रा ढुङ्गेल,सुन्दर चालिसे,शिव प्रसाद न्यौपाने, बद्री प्रसाद भट्टराई ,डेन्डि शेर्पा,भरत ढुङ्गाना,लाखधन तामाङ्ग,कृष्णबहादुर मगर रहेका छन्।पुनर्गठित सो समितिको वैठक आजै बसि विभिन्न बिषयमा छलफल गरि केही प्रबर्द्दनात्मक कार्य गर्ने निर्णय समेत गरेको छ।

समितिले विद्यालय सामाजिक सेवाका कार्य र शैक्षिक गतिविधिमा गुणस्तरियतामा जोड दिन सल्लाह दिएको छ।
आगामी दिनमा समितिको पहलमा र विद्यालयको योगदान रहने गरि विशेष मानबीय सेवाका कार्य र कार्यक्रम साथै सामाजिक उत्थानका कार्य समेत गर्ने निर्णय बैठकले गरेको जनाईएको छ।

विद्यालयका संस्थापक/प्रिन्सिपल समिर बास्तोलाले संचालन गरेको वैठकमा संचालकहरुवाट अध्यक्ष मुरारी भण्डारी, डाईरेक्टरद्वय कुमार कसजु र समिर ढुंगेलको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्