ऋण तिर्न नसकेपछि घरजग्गा कारोबारीले गरे आत्महत्या
भक्तपुर। चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालका एक युवाले मिटर व्याजका कारण आत्महत्या गरेका छन्।
लामो समय देखि घर जग्गाको कारोवारमा संलग्न रहँदै आएका श्याम तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा उधारो लिएको तर तिर्न नसकेपछि बीस सेवन गरेर आत्महत्या गरेकाे पाइएको हाे । एक लाखको ८ हजार मासिक देखि १५ हजारसम्म व्याज मिटर व्याजीले लगाउन थालेपछि उनले आत्महत्या नै गर्न बाध्य भएको उनका नजिकका आफन्तले बताएका छन् ।
करिब ७ करोड भन्दा बढी पैसा उनले मिटर ब्याजमा बजारबाट लिएको देखिएको छ । आफ्नो पैसा त फस्यो फस्यो उक्त फसेको पैसालाई उकास्न लिएको ऋणले उनलाई मृत्युको बाटोमा पुञ्याएको आफन्तजनले बताएका छन् ।