स्ववियु निर्बाचनको औपचारिक प्रक्रिया आजबाट सुरु
काठमाडौं।आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनका लागि आजबाट निर्बाचन प्रक्रियाको औपचारिक कार्यतालिका सुरु भएको छ ।
बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि त्रिभुवन बिश्वविद्यालय(त्रिवि) अन्तर्गतका सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ-आफ्नो सङ्गठन दर्ता गराउनुपर्ने कार्यतालिका छ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउने बताए।
निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन्।देशभरीका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा सोही दिन निर्वाचन हुनेछ।