सोलुदुधकुण्ड नगरपालिकामा शिक्षा योजना निर्माण कार्याशाला गोष्ठी सुरु



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपालको प्राविधिक सहयोग तथा सहकार्यमा सोलुदुधकुण्ड नगरपालिकामा ३ दिने नगरपालिकाको शिक्षा योजना निर्माण कार्याशाला गोष्ठी सल्लेरीमा सुरु भएको छ ।

वडाअध्यक्ष,शिक्षा समितिका सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, शिक्षाप्रेमी विद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु ,नगरपालिकाका शाखा प्रमुखहरुसहित ५० जनाको सहभागिता रहेको सो कार्यशालाको उपमेयर गान्धीमाया तामाङले बिहिवार गरेकी हुन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले शिक्षा महत्त्वपूर्ण भएकोले यो योजना निर्माणले सोलुदुधकुण्डको शैक्षिक गुणस्तरमा सुधार हुने विश्वास व्यक्त गर्दै योजना निर्माण नगरपालिकाको नै दायित्व भएपनि रीड नेपालले प्राविधिक तथा आर्थिक स्रोत समेत लगानी गरेर ठुलो सहयोग गरेकोमा रीड नेपाललाई धन्यवाद व्यक्त गरेकी थिइन।

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख खगेन्द्र श्रेष्ठले स्थानीय तहमा शिक्षाको प्लान अति आवश्यक भएको बताउदै प्लानले शैक्षिक सुधार हुने विश्वास व्यक्त गरे । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले कार्यशालाको मुख्य उद्देश्य नगरपालिकाको शिक्षाको वास्तविक अवस्था विश्लेषण गर्दै शिक्षामा रहेका सकारात्मक पक्ष सुधार गर्नुपर्ने पक्ष अवसर र चुनौतीको विश्लेषण गर्दै वास्तविक अवस्था पत्ता लगाई ५ वर्ष भित्र शिक्षालाई कहाँ पुर्‍याउने भन्ने निष्कर्ष निकाल्नु रहेको बताए।

कार्यक्रमको सहजीकर विषय विज्ञ निरा शाक्य र डिल्ली प्रसाद डोटेलले गर्नु भएको थियो आजको कार्यशालामा योजना निर्माण अवधारणा ,प्रक्रिया, चरण वर्तमान शिक्षाको अवस्था विश्लेषण गरिएको छ। कार्यशाला ३ दिन सम्म चल्ने छ।।

प्रतिक्रिया दिनुहोस्