प्रदेश १ को प्रस्तावित नामका लागि केही क्षणमा मतबिभाजन हुने



विराटनगर । प्रदेश नम्बर १ को प्रस्तावित नाममाथि संशोधन प्रस्ताव दर्ता गराउन प्रदेश सभाको बैठक दुई घण्टा स्थगित भएको छ ।

दर्ता भएको कोसी प्रदेशको नामको विषयमा सैद्धान्तिक छलफल सकिएसँगै सभामुख बाबुराम गौतमले संशोधनको समय दिएर दुई घण्टाका लागि सभा स्थगन गरेका हुन् प्रदेशको नाम राख्न दुई प्रस्ताव दर्ता भएकोमा सभाले एमालेका सांसद रामबहादुर मगरले गरेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । एकीकृत समाजवादीका सांसद राजेन्द्रकुमार राईले किराँत–लिम्बुवान–सगरमाथा नाम राख्न दर्ता गराएको प्रस्ताव पनि अस्वीकृत भएको छ ।

अब दलका तर्फबाट संशोधनको प्रस्ताव हाल्न सक्नेछन् । दुई घण्टापछि मत विभाजनको आधारमा आजै प्रदेश सभाबाट प्रदेश एकले नाम प्राप्त गर्ने नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताएका छन् ।

प्रदेशको नाममा संशोधन प्रस्ताव पर्ने सम्भावना रहेको एकीकृत समाजवादीका सांसद राजेन्द्रकुमार राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्