प्रदेश १ को नामाकरण : कांग्रेस,एमाले र माओवादी केन्द्र ‘कोसी’मा सहमत,एस र जसपाको छुट्टै प्रस्ताव
बिराटनगर।प्रदेश नामाकरणका लागि प्रक्रिया अगाडी बढेको छ। एकीकृत समाजवादी (एस) र जनता समाजवाद पार्टी (जसपा) ले प्रदेश १ को नाम किरात लिम्बुवान सगरमाथा राख्न छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।

एकीकृत समाजवादीका सांसद एवमम् पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावलाई एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गर्नुभएको छ ।
यसअघि नेकपा एमाले र नेपाली कांग्रेसले कोसी प्रदेश नामकरणका लागि प्रस्ताव दर्ता गराएका छन् भने नेकपा माओवादी केन्द्रले कोसी प्रदेशमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

