थुलुङदुधकोशीमा एमालेको ‘मिसन ग्रासरुट’अभियान सुरु



सोलुखुम्बु।नेकपा एमाले थुलुङदुधकोशी गाउँपालिकामा नेकपा एमालेको मिसन ग्रासरुट अभियान सुरु भएको छ।मंगलबार अभिमुखिकरण एबम् प्रशिक्षण कार्यक्रमको आयोजना गरि ‘मिसन ग्रासरुट’अभियान सुरु गरिएको अनेरास्ववियुका नेता ङवाङतेञ्जी शेर्पाले जानकारी दिए।

नेकपा एमाले प्रदेश कमिटी उपसचिव शैलेश लामाको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमले जिल्ला कमिटी बैठकले हालै गरेका निर्णय कार्यान्वयनका लागि कार्ययोजना निर्माण गरेको उनले बताए।

गाउँपालिका कमिटी अध्यक्ष भुपालसिं राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरि गत स्थानीय निर्वाचनमा वडा ६ मुक्लीका वडाध्यक्षका प्रत्यासी मोहन कुमार राई र नेपाली कांग्रेस लोखिम निवासी युवा नेता खेम नाछिरिङ नेकपा एमाले प्रवेश गरेको एमालेले जनाएको छ।

कार्यक्रमले ‘मिसन ग्रासरुट’अभियान’का लागि निर्माण गरेको कार्ययोजना अनुसार पालिकाका सबै वडा इन्चार्जहरु भोलिदेखी नै कार्यक्षेत्रमा पुगेर वडा कमिटीसंगको समन्वयमा सदस्यता बितरण र नवीकरणको काम गर्नुपर्ने र चैत एक गतेबाट वडास्तरीय प्रशिक्षण सुरु गर्नुपर्ने गाउँपालिका कमिटी अध्यक्ष राईले जानकारी दिए।

अध्यक्ष राईका अनुसार आसन्न स्ववियु निर्वाचनलाई दृष्टिगत गर्दै अनेरास्ववियुका उम्मेदवारहरुलाई आवश्यक सहयोग गर्न थुलुङदुधकोशी स्थायी ठेगाना भइ काठमाडौंका विभिन्न कलेजमा अध्ययनरत बिद्यार्थीहरुको लगत संकलन गर्ने र नेकपा एमाले गाउँ कमिटी र गाउँ कमिटी मातहतका सम्पूर्ण नेतताकार्यकर्तालाई अनिवार्य स्थानीय कृषकले उत्पादन गरेको तरकारी फलफूल मात्रै आफ्नो भान्सा घरमा अनिवार्य प्रयोग गर्ने र गराउने निर्णय समेत गरेको छ।

कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्य महेश किराँती, प्रदेश कमिटी सदस्य सुर्य कुमारी सुनुवार, श्याम क्षेत्री, जिल्ला कमिटी उपाध्यक्ष हर्क बहादुर राई लगायतको उपस्थिति रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्