थुलुङ दुधकोशीले बैशाख पहिलो हप्ताभित्र गाउँ शिक्षा योजना निर्माण गरि सक्ने



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाले आगामी बैशाख पहिलो हप्ताभित्र गाउँ शिक्षा योजना निर्माण गरिसक्ने भएको छ । गाउँपालिकामा तीन दिन देखि जारी गाउँपालिका शिक्षा योजना निर्माण सम्बन्धि कार्यशाला गोष्ठीले उक्त निष्कर्ष निकालेको हो ।

रिड नेपालको सहकार्य तथा प्राविधिक सहयोगमा गाउँपालिकाले पाँच वर्षे कार्ययोजना निर्माण गर्दैछ । गोष्ठीमा पालिका भित्रका सबै माध्यमिक तहका प्रधानाध्यापक, गाउँशिक्षा समितिका सदस्य, वडा अध्यक्ष लगायतको सहभागीता रहेको थियो ।

समापन समारोहमा बोल्दै पालिका उपाध्यक्ष सविता राईले शैक्षिक गतिविधिलाई नतिजामुखी बनाउन यो गोष्ठी कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । विज्ञसमूह समेतको सहभागीतामा शिक्षा योजना निर्माण हुनेभएकाले आगामी दिनमा सामुदायिक शिक्षाको क्षेत्रमा सुधार हुने बताउनुभयो ।

आफैले बनाएको योजना आफैले कार्यनयन हुनेभएकाले यो अझ बढी प्रभावकारी हुने उहाँको भनाइ छ । गाउँ शिक्षा निर्माण गर्ने थुलुङदुधकोशी पहिलो पालिका बन्ने दावी गर्दै शिक्षा विकासमा सहयोग गर्ने सबैलाइ धन्यवाद ज्ञापन गर्नुभयो ।

२०८० को बैशाख पहिलो साताभित्र योजना निर्माण गरिसक्ने योजना बनाइएको गाउँपालिकाले जनाएको छ । कार्यशाला गोष्ठीको सहजीकरण शिक्षा मन्त्रालयका उपसचिव मेघनाथ शर्मा र रेवती प्रसाद पराजुली, रिड नेपालका कार्यक्रम निर्देशक डिल्ली प्रसाद डोटेल लगायत रिड नेपालका अधिकृतहरुले गर्नुभएको थियो । १४ गते गाउँपालिका अध्यक्ष असिम राईले उक्त गोष्ठीको उद्घाटन गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस्