बिदेशबाट फर्किएकाहरुका लागि लक्षित कार्यक्रमका लागि १० स्थानीय निकाय छनौट
बिराटनगर।१ नं. प्रदेशमा बैदेशिक रोजगारीबाट फर्किएका ब्यक्तिहरुका लागि पुन:एकिकरण परियोजना संचालनका लागि मन्त्रीस्तरीय पहिलो बैठक सम्पन्न भएको छ । १ नं. प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको अध्यक्षतामा आज सम्पन्न बैठकले बिभिन्न १० वटा स्थानीय निकायमा परियोजना संचालनका लागि छनौट गर्ने निर्णय गरेको छ ।

परियोजनाका संचालनका लागि प्रस्तावना आव्हान पश्चातप्राप्त प्रस्तावना, स्थलगत अध्ययन एवं बैदेशिक रोजगारीमा जाने तथा फर्केकाहरुको तथ्याङ्कको आधारमा स्थानीय निकाय छनौट गरिएको हो । यस परियोजना संचालनका लागि प्रथम चरणमा मेचीनगर नगरपालिका, उर्लावारी नगरपालिका, सुर्योदय नगरपालिका, रामधुनी नगरपालिका, कटारी नगरपालिका, दिक्तेल रुपाकोट मजुुवागढी नगरपालिका, केरावारी गाउँपालिका, कानेपोखरी गाउँपालिका, कमल गाउँपालिका तथा मिक्लाजुङ गाउँपालिका छनौट भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
बैदेशिक रोजगारीबाट फर्किएर अलपत्र परेका, समस्यामा परेका लगायतका बिभिन्न छनौटका आधारहरु तय गर्दै यस परियोजनाले आफ्नो कार्य संचालन गर्ने मन्त्रालयले जनाएको छ । यस परियोजनाका लागि कुल ९५ करोड ९८ लाख ७६ हजार ३ सय ६९ रुपैंया बजेट स्वीस सरकारका तर्फबाट उपलब्ध हुनेछ । स्वीस सरकारको आर्थिक सहयोगमा १ नं. प्रदेशमा संचालन हुन लागेको यस परियोजनाले यसअघि नै गति लिनु पर्नेमा बिभिन्न राजनीतिक उतारचढावका कारण ढिलाई भईरहेकोमा हालका बहालवालमन्त्री राजभण्डारीको नेतृत्वमा यस परियोजनाले कार्य अगाडी बढाएको छ । मन्त्रीको अध्यक्षतामा गठन भएको project qmeering committee को पहिलो बैठक नै बस्न नसकिरहेको अवस्थामा मन्त्री राजभण्डारीले तत्कालै बैठक आव्हान गराई परियोजना संचालनको बाटो खोलिदिनु हो ।
यसैबीच,सामाजिक विकास मन्त्रालयले सामुदायिक पुस्तकालयको पुस्तकालय सुदृढिकरणका लागि बजेट बिनियोजन गरेको छ । आज सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको उपस्थितीमा प्रदेश १ का बिभिन्न १४ वटा पुस्तकालयका लागि आवश्यक्ताका आधारमा बजेट बिनियोजन गरिएको हो ।

