थुलुङ दुधकोशी गाउँपालिकामा शिक्षा योजना निर्माण कार्यशाला सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकामा पाचँ वर्षे शिक्षाक्षेत्र योजना निर्माण कार्यशाला सुरु भएको छ।

तीन सम्म सञ्चालन हुने सो कार्यशालाको सोमबार गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गरेका हुन्।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले समृद्द गाउँपालिका निर्माणको मुख्य आधारको रुपमा शिक्षा क्षेत्र रहेकाले शिक्षा क्षेत्रको योजना निर्माण कार्य महत्त्वपूर्ण रहेको बताए।स्थानीय तहमा अझ पनि दक्ष जनशक्तिको अभाव रहेको बताउँंदै उनले लामो समय शिक्षा क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएको सँस्था रीड नेपाललाई शैक्षिक क्षेत्रको प्राविधिक पाट्नरको रुपमा लिएको स्पष्ट पारे । योजनाको लागि मात्र योजना बनाउने नभई योजना व्यवहारिक,उद्देश्यमूलक र कार्यन्वयन गर्न सकिने गरी स्मार्ट योजना निर्माणका लागि सहभागी सबैलाई सक्रिय रुपमा कार्यशालामा सहभागी हुन आग्रह गरे।
गाउँपालिकाको आयोजना तथा रीड नेपालको प्राबिधिक सहयोग तथा सहकार्यमा ३ दिनसम्म सञ्चालन हुने कार्यशालामा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, माविका प्रधानाध्यापक, स्थानीय स्रोत शिक्षक भूतपूर्व शिक्षकहरु विद्यालय व्यबस्थापन समितिका अध्यक्षहरु, पालिकाका शाखा प्रमुख र बाल क्लबका प्रतिनिधिहरु गरेर ४५ जनाको सहभागिता रहेको छ।
कार्यक्रमको सहजीकरण विषय विज्ञ नेपाल सरकारका उप सचिव मेघनाथ शर्मा, रेवतीप्रसाद पराजुली,रीड नेपालका कार्यक्रम निर्देशक डील्लीप्रसाद डोटेलले गरिरहेका छन्।रीड नेपालले शिक्षा योजना निर्माणका लागि ६ ओटा पालिकामा पूर्व तयारी बैठक सकेर,योजना निर्माण कार्यशाला गोष्ठीको सुरुवात थुलुङ दुधकोशी गाउँपालिकाबाट सुरु गरेको हो।
खुम्बुपासाङल्हामु गाउँपालिका बाहेक रीड नेपालले सोलुखुम्बुको ७ ओटा स्थानीयतहको शिक्षा क्षेत्र योजना निर्माण गर्ने लक्ष्य लिएको छ !

