खुम्बु पासाङल्हामुमा प्रारम्भिक बाल विकास सम्बन्धी तालिम शुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु ।हिमालयन ट्र्ष्ट नेपालले खुम्बु पासाङल्हामु गाउँपालिकाको समन्वयमा प्रारम्भिक बाल विकास सम्बन्धी तालिम शुरु गरेको छ।

महेन्द्रज्योति मावि चौंरीखर्कमा सञ्चालन भइ रहेको तालिमको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं.-३ का कार्यवाहक वडा अध्यक्ष फुर्वाग्याल्जेन शेर्पाले सोमबार उद्घाटन गरेका हुन्।उनले शिक्षा क्षेत्रको विकासमा विगत लामो समयदेखि हिमालयन ट्र्ष्ट नेपालले महत्त्वपूर्ण भूमिका खेलेको बताउँंदै विशेष किसिमको तालिम आयोजना गरेकोमा ट्र्ष्टलाई धन्यवाद समेत दिए।
उद्घाटन कार्यक्रममा वडा नं-२ का कार्यवाहक अध्यक्ष टंक राई, गाउँपालिकाका प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकी, ट्र्ष्ट नेपालका शिक्षा सल्लाहकार तथा मुख्य प्रशिक्षक महेन्द्र कठायत,महेन्द्रज्योति माबिका प्रधानाध्यापक कुमारसिंह राई तथा लुक्ला आबिका प्रधानाध्यापक विक्रमकुमार राजभण्डारी लगायतले तालिमको विविध पक्षबारे प्रकाश पारेका थिए।
५ दिनसम्म सञ्चालन हुने तालिममा खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रका १६ जना बाल कक्षा शिक्षकहरुको सहभागिता रहेको छ । तालिममा हिमालयन ट्र्ष्टका प्रशिक्षकहरु महेन्द्र कठायत, चन्द्रदेव भट्ट, रश्मि गुरुङ, निलम चन्द र प्रविना कार्कीले प्रशिक्षण दिनेछन् ।
हिमालयन ट्र्ष्ट नेपालले यस अघि सोलु दुधुअकुण्ड नगरपालिका, सोताङ, महाकुलुङ र माप्य दुधकोशी गाउँपालिकामा सोही प्रकृतिको तालिम सञ्चालन गरिसकेको छ । न्युजिल्यान्ड एड प्रोग्राम र हिमालयन ट्र्ष्ट न्युजिल्यान्ड को सहयोगमा हिमालयन ट्र्ष्ट नेपालले सञ्चालन गरिरहेको ‘गुणस्तरीय शिक्षा कार्यक्रम सोलुखुम्बु’ अन्तर्गत सो तालिम आयोजना गरिएको ट्र्ष्टका कार्यक्रम व्यवस्थापक लाक्पा तेन्जिङ शेर्पाले जानकारी दिए।

