एमाले मन्त्रीहरुले दिए राजीनामा
काठमाडौं नेकपा एमालेको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् ।

पार्टीले सरकारबाट बाहिरिने र प्रधानमन्त्रीलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको केहि घण्टा नबित्दै एमालेका मन्त्रीहरुले सोमबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् ।
मन्त्रीबाट राजीनामा दिनेहरुमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई रहेका छन्।

