८ दलीय कार्यदलले गर्यो फागुन १९ गते प्रदेश सांसदको भेला बोलाउने निर्णय
काठमाडौं।नेपाली कांग्रेको नेतृत्वमा बनेको ८ दलीय नयाँ गठबन्धनले १९ फागुनमा प्रदेश सांसदहरुको भेला आयोजना गर्ने भएको छ ।

कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपतिमा जिताउन पूर्णबहादुर खड्काको नेतृत्वमा आइतबार गठन भएको ८ दलीय कार्यदलको सोमबार बसेको बैठकले आफ्ना प्रदेशमा रहेका सांसद्हरुलाई गठबन्धनको औचित्य, पछिल्लो राजनीतिक समिकरण र राष्ट्रपति निर्वाचनका विषयमा जानकारी गराउन प्रदेश सांसदहरुको भेला गर्ने निर्णय गरेको बताइएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले कांग्रेस उपसभापति खड्का नेतृत्वमा गठन् गरेको सो कार्यदलमामाओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा(एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खाँ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरत्सिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी छन् ।

