प्रधानमन्त्री प्रचण्डको ठाडो आदेशले रोकियो परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण
काठमाडौैं । परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रद्द भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमणमा नजान निर्देशन दिएका कारण भ्रमण रद्द भएको जनाईएको छ।

संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन ६ बजे उड्ने तयारी गरिए पनि ३ बजे फोन आएर अहिले नजानू भनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फोन आएका कारण भ्रमण रोकिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
मन्त्री पौडेल नेकपा एमालेको तर्फबाट परराष्ट्र मन्त्री बनेकी थिइन ।

