जता कचौरामा धेरै दुधभात उतै प्रचण्ड : एमाले अध्यक्ष ओली
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिरालोको प्रवृत्ति देखाएको भन्दै कटाक्ष गरेका छन्।

राष्ट्रपतिमा एमालेलाई सहयोग गर्ने पुस १० गतेको सहमति बिपरित प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ८ दलीय गठबन्धन निर्माण गरेर शुक्रबार कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको पर्सिपल्ट आइतबार घाइते, बेपत्ता तथा शहीद परिवारको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्।
‘एउटा प्रवृत्ति के देखिन्छ, बिरालो किन्नुपर्दैन, दूध र भात कचौरामा दियो भने छिमेकीको बिरालो आफ्नै भइहाल्छ भन्ने। कसले कचौरामा कति दूध भात दिन्छ, त्यसअनुसार खुरुक्क छिमेकीका घरतिर सर्ने,’ उनले भने। बिरालो किन्न नपर्ने बरु दुधभात राखिदिए बिरालो नै आइपुग्ने ओलीको भनाइ थियो। जता धेरै दुधभात त्यतै प्रचण्ड गएको ओलीको आरोप थियो। ‘जो जता मिलेर भए पनि सत्तामा। कसले कचौरामा कति दुधभात दिन्छ खुत्रुक छिमेकीका घरमा सर्ने। त्यो शिलशिला जारी नै छ,’ ओलीले भने।

