एमालेको पत्रप्रति नेकपा एसको नरम प्रतिक्रिया



काठमाडौँ। राष्ट्रपति निर्वाचनमा नेकपा एमालेले पत्र लेखेर समर्थन मागेपछि नेकपा एकीकृत समाजवादीले संवादको ढोका खोलेको भन्दै नरम प्रतिक्रिया दिएको छ।

सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय अगाडि बढिसकेका कारण एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक संवादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुन सक्ने प्रतिक्रिया व्यक्त गरेका छन्। उनले एमालेले पत्र लेखेकोमा धन्यवादसमेत ज्ञापन गरेका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गरेर एमालेका राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङलाई मतदान गर्न शनिबार अनुरोध पत्र लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्