रेडक्रस सोसाइट सोलुखुम्बु शाखाको अधिबेशन सम्पन्न,सभापतिमा पुनः श्रेष्ठ
सोलुखुम्बु।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुको सभापतिमा पुनः रामकाजी श्रेष्ठ चयन भएका छन्।शाखाको शनिबार सम्पन्न ४५ औ जिल्ला सभा तथा ११ औं अधिवेशनले श्रेष्ठलाई सभापतिमा निर्बिरोध चयन गरेको हो ।

जिल्ला कार्यसमिति उपसभापतिमा रोहित प्रसाद बास्तोला, महिला उपसभापतिमा सरस्वती खड्का, मन्त्रीमा दिपक राजभण्डारी, कोषाध्यक्ष सुरेश खड्का, उपमन्त्रीमा राजेन्द्र कुमार बस्नेत चयन भएको निर्वाचन अधिकारी सुमन राजभण्डारीले जानकारी दिए। यस्तै उपकोषध्यक्षमा कल्पना बस्नेत, सदस्यहरुमा जमुना राई, डबलसिङ राई, मनमाया नेपाली, थिर बहादुर कार्की, पोष्ट कुमार राई र गणेश कुमार कार्की चयन भएको जनाइएको छ ।

