ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गर्ने थुलुङ दुधकोशीको निर्णय



सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाले ज्येष्ठ नागरिक हेरचाह केन्द्र संचालन गर्ने भएको छ ।

गाउँपालिका अध्यक्ष अशिम राइको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यपालिका बैठकले गाउँपालिका केन्द्रमा उक्त हेरचाह केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो ।चालू आर्थिक वर्षदेखि नै सञ्चालन गर्नेगरी कार्यबिधि निर्माण न गरिने पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । जसको लागि गाउँपालिका उपाध्यक्ष सविता राईको संयोजकत्वमा पांच सदस्यीय समिति गठन गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै यो महिनाको अन्तिममा हिउँदे गाउँसभा सञ्चालन गर्ने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ । पालिका प्रवक्ता कार्कीका अनुसार पाँच वटा कार्यविधि तथा निर्देशिका पनि पारित गरिएको छ । जस्मा दुधकोशी सामुदायिक अस्पताल संचालन कार्यविधि-२०७९, थुलुङ दुधकोशी गाउँपालिकाको तालिम, गोष्ठी, अभिमूखीकरण, अन्तरक्रिया तथा कार्यशाला संचालन सम्बन्धी खर्चको कार्यविधि-२०७९, थुलुङ दुधकोशी गाउँपालिकाबाट गरिने योजना अनुगमन निर्देशिका-२०७९,थुलुङ दुधकोशी गाउँपालिकाको बजार अनुगमण निर्देशिका- २०७९ र थुलुङ दुधकोशी गाउँपालिकाको मर्मत सम्भार कार्यविधि-२०७९ रहेका छन ।

प्रतिक्रिया दिनुहोस्