भर्चुअल कविता बाचन प्रतियोगितामा कबि जेबी ‘जिज्ञासु’ प्रथम, पाए ५० हजार नगद पुरष्कार



काठमाडौं।कवि जेबी‘जिज्ञासु’राई एक भर्चुअल कविता प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल भएका छन् ।

प्रथम शहिद क्या. लखन थापा मगरको १४६ औ स्मृती दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलद्वारा आयोजित भर्चुअल‘वृहत कविता वाचन प्रतियोगिता’मा उनी प्रथम बन्न सफल भएका हुन्।मंगलबार साँझ प्रकाशित प्रतियोगिताको नतिजा अनुसार प्रतियोगितामा सिन्धु पौडेल द्धितीय, राज लिम्बु तृतीय, रुपक ‘जमरा’तामाङ चौथो र माया केसी पाँचौँ बनेका थिए ।

आयोजकले दिएको शिर्षक ‘प्रथम शहिद’शीर्षकमा मन्दक्रान्त छन्दमा कविता लेखेर प्रथम पुरस्कार हात पारेका नेचासल्यान सोलुखुम्बुका कबि ‘जिज्ञासु’ ले प्रमाणपत्रका साथमा नगद ५० हजार तथा द्वितीय,तृतीय,चौथो र पाँचौले क्रमश: प्रमाणपत्रको साथमा नगद २५ हजार, १५ हजार र ५–५ हजार पुरस्कार प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्