किराँत रदु नाछिरिङ साखाम केन्द्र सोलुखुम्बुमा नयाँ समिति



सोलुखुम्बु।किराँत रदु नाछिरिङ साखाम केन्द्रको आठौं जिल्ला अधिबेशन सम्पन्न भएको छ।

बलकुबिर नाछिरिङको अध्यक्षता तथा सोलुखुम्बु जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख वीर कुमार नाछिरिङको प्रमुख अतिथ्यतामा जिल्लाको सोताङ गाउँपालिकामा सम्पन्न अधिबेशनले गणेश नाछिरिङको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ।

समितिको उपाध्यक्षद्वयमा मनिश नाछिरिङ र पुरण नाछिरिङ, सचिबमा मदन कुमार नाछिरिङ र प्रदिप नाछिरिङ तथा कोषाध्यक्षमा स्मृति नाछिरिङ चयन भएका छन्।अधिबेशनले समितिमा पर्शुराम नाछिरिङ,सप्तराम नाछिरिङ,अर्जुन नाछिरिङ,रत्नकुमार नाछिरिङ,बीरकुमार नाछिरिङ,समिक्षा नाछिरिङ,जस्मा नाछिरिङ,र मिलन नाछिरिङ सदस्य चयन गरेको केन्द्रले जनाएको छ।

अधिबेशनमा महासचिव जमानसिंह नाछिरिङ लगायतको उपस्थिति रहेको सदस्य मिलन नाछिरिङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्