अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बुबाट दसजना प्रतिनिधि चयन(नामावली सहित)
सोलुखुम्बु।नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बुबाट १० जना प्रतिनिधि छनौट भएका छन्।

जिल्लाबाट खुलातर्फ ३,क्याम्पस कमिटीबाट ५ र स्थानीय तह कमिटी तथा माबि कमिटीबाट एक एक जना प्रतिनिधि छनौट भएको जिल्ला कमिटी सचिब ङवाङ तेञ्जी शेर्पाले जानकारी दिए। शेर्पाका अनुसार खुलातर्फ अध्यक्ष गौरव राई,सचिब ङवाङतेञ्जी शेर्पा र मिङ्मार याङ्जी शेर्पा (महिला)चयन भएका छन् ।
यस्तै, क्याम्पस कमिटी तर्फ दुधकोशी क्याम्पसबाट आशिष बास्तोला,बिपी संस्कृत क्याम्पसबाट पुन्यप्रसाद कटेल,सोताङ पब्लिक क्याम्पसबाट भुपाल राई,हिमाल दर्शन क्याम्पसबाट टीकाराम खनाल र सोलुखुम्बु बहुमुखी क्याम्पसबाट प्रताप राई चयन भएका छन् ।
त्यसैगरी,स्थानीय तह कमिटीबाट मिलन नाछिरिङ र माबि कमिटीबाट मिङ्मा शेर्पा चयन भएको सचिब शेर्पाले बताए । संगठनको महाधिवेशन फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुंदैछ।

