राजेन्द्र थापाका तीन मुक्तक



  • राजेन्द्र थापा

मुक्तक १
दिलले दिमाखलाई संधै तान्छ
दिमाख कैले मान्दैन, कैले मान्छ
मैं हुं भन्ने मान्छे जीवलाई पनि,
कैले दिल् ले कैले दिमाखले खान्छ ।
मुक्तक २
रोगी राङ्गा कटाइन्छन् नेपालमा
रोगी कुकुर धपाइन्छन् नेपालमा
नेता अशक्त रोगी भएपछि भने,
प्रधानमन्त्री बनाइन्छन् नेपालमा ।
मुक्तक ३
कुकुर हो त्यसैले ऊ चाटी चाटी खान्छ
बाघ हो त्यसैले ऊ काटी काटी खान्छ
ऊ भने न त कुकुर, न त बाघै हो,
ऊ मान्छे हो त्यसैले उ ढांटी ढांटी खान्छ ।

(थापा लोकप्रिय र कालजयी गीतहरुका श्रष्टा हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्