दाहाल नेतृत्वको सरकारमा एमालेले नयाँ अनुहार पठाँउदै,यी बन्दैछन् मन्त्री



काठमाडौंं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल नेतृत्वको मन्त्रीमण्डल बिस्तारका क्रममा नेकपा एमालेले नयाँ अनुहारलाई प्राथमिकता दिने भएको छ।आज बिस्तार हुने मन्त्रीपरिषदमा सो पार्टीले नयाँ अनुहारलाई प्राथमिकता दिने भएको हो।दाहाल नेतृत्वको सरकारमा एमालेले ८ वटा मन्त्रालय पाउने सहमति छ।

एमालेले यसअघि शपथ लिइसकेका ३ विना विभागीय मन्त्रीबाहेक भगवती चौधरी, हरि उप्रेती, पदम गिरी, विमला राई र बलराज अधिकारीलाई मन्त्री बनाउन लागेको बताइएको छ । एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष केपी ओलीलाई दिएको थियो ।

चौधरी कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गरेकी सांसद हुन् । गिरी पर्वतबाट २ पटक विजयी सांसद हुन् । उप्रेती सर्लाही र अधिकारी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

दामोदर भण्डारी, राजेन्द्र राई र ज्वालाकुमारी साहले पुस ११ गते शपथ लिएका थिए । उनीहरूले अहिलेसम्म मन्त्रालय पाएका थिएनन् । एमालेले एउटा राज्यमन्त्री पनि पाउने छ ।

प्रतिक्रिया दिनुहोस्